बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही | असार ६, २०८१

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

वीरगञ्ज:   सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।


मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिकाका ७५ बर्षीय कृष्ण बहादुर चौधरी ८५ बर्षीय रामबरण केवत र रुपन्देही जिल्ला मायादेवी गाउँपलिकाका ८५ बर्षीय दशरथ कुमार रहेका छन् ।

 

दुर्घटनामा घाईते भएका १७ जना जनाको सर्लाही लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

 

भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बसले रोकिराखेको बिहिबार बिहान भारतीय एन एल ०१ ए एच ९२५२ नम्बरको लहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्